Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

कैलालीमा प्रचण्डले चाखे अछामी परिकार भक्सी र डल्लाको स्वाद !

कैलालीमा प्रचण्डले चाखे अछामी परिकार भक्सी र डल्लाको स्वाद !

मंगलवार , बैशाख १६, २०८२

कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अछामी समुदायको परम्परागत परिकार खाजाको रूपमा स्वाद चाखेका छन् ।

हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई–मधेस जागरण अभियानको क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डसहितको टोलीले सुदूरपश्चिम अछामी समुदायको परम्परागत परिकार खाजाको रूपमा स्वाद चाखेका हुन् ।

खाजामा विशेष गरी अछामीहरूको पहिचान झल्काउने परिकार भक्सी र डल्ला मासको मसला राखिएको थियो । भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ ।

तयार पारिएको मिश्रण केराको पातमा बेरेर भौरोमा स्टीम गरिन्छ । यस्तै, डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरि स्टीम गरिएको अर्को लोकप्रिय परिकार हो।

स्थानीय संस्कृतिको सम्मानस्वरूप अभियान टोलीले केराको पातमा राखिएको भक्सी र मासको डल्ला खाजा रूपमा ग्रहण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077