काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
जसको प्रभावले हाल सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ ।
कोशी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।