काठमाडौँ । सत्तारुढ दल कांग्रेस, एमालेका नेताहरुसहित नेपाल शिक्षक महासंघका पदाधिकारीबीचको वार्ता सकिएको छ ।
कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवासमा तीन घण्टा बैठक बसेको हो ।
करिब ३ घन्टाको छलफलमा शिक्षक महासंघले उठाएका मागलाई सम्बोधन गर्ने विषयमा सरकार सकारात्मक रुपमा प्रस्तुत भएको छ । अब २७ दिनदेखि चलेको शिक्षकहरुको आन्दोलन टुंगिने दिशातर्फ उन्मुख रहेको बताइएको छ ।
वार्तामा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए भने शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित तीनजना सहभागी रहेको बताइएको छ ।