Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सङ्खुवासभाको मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे

सङ्खुवासभाको मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन् ।

वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भैँसी मरेको जिल्ला प्रहरी कार्यालयका सङ्खुवासभाले जनाएको छ ।

चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर भैँसी मर्दा रू १० लाख बढीको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077