Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

हत्कडीसहित अदालतबाट भागेकी महिला कैदी भारतमा समातिइन्, दुईजना प्रहरी निलम्बन

हत्कडीसहित अदालतबाट भागेकी महिला कैदी भारतमा समातिइन्, दुईजना प्रहरी निलम्बन

सोमवार , बैशाख १५, २०८२

कैलाली । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतमा समातिएकी छन् ।

मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मिना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको हो ।

दमाईलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका सरकारी वकिलको कार्यालय लगेका बेला भागेकी थिइन् ।

हतकडीसहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ ।

दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077