Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

शिक्षकहरुलाई अध्यक्ष सुवेदीको अपिल : साथीहरुको रगत बगिसक्यो, छिटो काठमाडौं आउनुस्

शिक्षकहरुलाई अध्यक्ष सुवेदीको अपिल : साथीहरुको रगत बगिसक्यो, छिटो काठमाडौं आउनुस्

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक अन्तिम लडाइँमा पुगेको बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूहरु अन्तिम लडाइँमा रहेको भन्दै अबै शिक्षकलाई सक्रिय सहभागिता जनाउन अपिल गरेका हुन् ।

उनले लेखेका छन्, ‘हामी अन्तिम लडाइँमा छौँ। यसमा सबैको सक्रिय सहभागिता अनिवार्य छ।’ उनले गाउँगाउँबाट शिक्षकलाई काठमाडौं छिटो आउनसमेत अनुरोध गरेका छन्। ‘काठमाडौं आउन बाँकी रहनु भएका साथीहरु, आन्दोलनको मोर्चामा आफ्ना साथीको रगत बगीसक्दा पनि अझै तपाईंहरु घरमै बसिरहन कसरी सक्नु भएको छ ? के आन्दोलनकारी साथीको पीडाले तपाईंलाई घोच्दैन रु आफ्नो कर्तव्य बोध हुँदैन ? यो कुरा मनन गर्नुहोला र छिटोभन्दा छिटो काठमाडौं आउनुहोला,’ उनले भनेका छन्।

आइतबारको प्रदर्शनमा सरकारले हस्तक्षेप गरेकोप्रति आपत्ति जनाउँदै अध्यक्ष सुवेदीले सरकारको हस्तक्षेपबाट घाइते भएका सबै शिक्षकको स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।

‘वैशाख १४ गते भएको प्रदर्शनमा सरकारबाट शिक्षक–कर्मचारी माथि भएको अमानवीय आक्रमण र ज्यादतीको घोर भर्सत्ना गर्दछौं। त्यस आक्रमणमा परी घाइते हुनु भएका सबै साथीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, अध्यक्ष सुवेदीले भने, ‘हाम्रो आन्दोलन जारी छ। हिजो जस्तै ठिक ११ बजे माइतीघर मण्डलामा आउनुहुन सबै साथीमा अनुरोध छ।’

हिजो काठमाडौँको बानेश्वरमा प्रहरीसँग भएको झडपमा ६२ शिक्षक घाइते भएका थिए । जसमा १२ जनाको अवस्था चिन्ताजनक रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077