Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

राष्ट्रपति रामचन्द्र पौडेल र हैदर अलियेभ फाउन्डेसनकी उपाध्यक्ष लेला अलियेभाबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र हैदर अलियेभ फाउन्डेसनकी उपाध्यक्ष लेला अलियेभाबीच भेटवार्ता

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । हैदर अलियेभ फाउन्डेसनकी उपाध्यक्ष लेला अलियेभाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् ।

भेटका क्रममा उनले राष्ट्रपति पौडेललाई अजरबैजानी राष्ट्रपति इल्हम अलियेभको शुभकामना सन्देश सुनाएकी थिइन् । त्यसैगरी उनले दुई देशबीचको मित्रताको महत्त्वमा समेत जोड र्दिएकी थिइन्।

भेटमा राष्ट्रपति पौडेलले कोप–२९ को क्रममा बाकुको आफ्नो भ्रमणलाई सम्झँदै राष्ट्रपति अलियेभसँगको आफ्नो भेटको महत्त्वलाई उल्लेख गरेका थिए ।

राष्ट्रपति पौडेलले भेटका क्रममा द्विपक्षीय सम्बन्धको विकासमा योगदान पुर्‍याउने बताएको जानकारी गराए।

अलियेभाले हैदर अलियेभ फाउन्डेसनले नेपालमा धेरै परियोजनाहरू कार्यान्वयन गर्ने योजना बनाएको उल्लेख गर्दै विशेष हेरचाहको आवश्यकता परेका बालबालिकाहरूको लागि पुनर्वास केन्द्र स्थापनाको योजनाबारे जानकारी गराइन् ।

हैदर अलियेभ फाउन्डेसनले नेपालमा सामाजिक र स्वास्थ्य क्षेत्रहरूलाई एकै साथ समेट्ने योजना बनाएको कुरा पनि उनले जनकारी गराइन् ।

भेटका क्रममा मानवीय मुद्दाहरू, जलवायु परिवर्तन र दिगो विकास सहित विभिन्न क्षेत्रहरूलाई समेट्ने विद्यमान सम्बन्धको महत्त्वमा जोड दिइएको बताइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले अजरबैजान र नेपालबीचको सम्बन्धका साथै हेयदर अलियेभ फाउन्डेसनको गतिविधिहरूको उच्च प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077