Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सप्तरीमा बस अनियन्त्रित भएर दुर्घटना हुँदा २ को मृत्यु, २४ बढी घाइते

सप्तरीमा बस अनियन्त्रित भएर दुर्घटना हुँदा २ को मृत्यु, २४ बढी घाइते

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । सप्तरीमा यात्रुबाहक बस अनियन्त्रिण भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने २४ बढी यात्री घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगराती छन् । अर्का एक महिलाको पहिचान खुलेको छैन ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत आइतबार मध्याह्न १२ बजेतिर सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा उदयपुरबाट विराटनगर तर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भएर पल्टेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गम्भीर, मध्यम र समान्य गरी दुई दर्जन यात्रु घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना सवार रहेका थिए ।

झापाको मेचिनगर नगरपालिका ७ का ४७ वर्षीय बस चालक अमृत दर्जी र बसलाई इलाका प्रहरी कार्यालय कन्चनपुरको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077