Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

घरमा बसिरहेका शिक्षकहरुलाई सुवेदीको प्रश्न - आन्दोलनमा नआउँदा तपाईंलाई घोचिरहेको छैन ?

घरमा बसिरहेका शिक्षकहरुलाई सुवेदीको प्रश्न - आन्दोलनमा नआउँदा तपाईंलाई घोचिरहेको छैन ?

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारसँग संवाद जारी रहे पनि निष्कर्ष उन्मुख नरहेको बताएका छन् ।

आइतबार बिहानै सामाजिक सञ्जालमार्फत अध्यक्ष सुवेदीले शिक्षा मन्त्रालयसँग वार्ता र सडक आन्दोलन सँगसँगै अघि बढाएको बताएका हुन् ।

उनले भने, ‘राज्य पक्षसँग अनौपचारिक छलफल चलिरहेका छन् तर अझै ती निष्कर्ष उन्मुख हुन सकेका छैनन् । त्यसैले अन्तिम धक्का दिन सडक प्रदर्शन अझै बलियो हुन आवश्यक छ ।’

शनिबार बिहान शिक्षक महासंघ र सरकारी पक्षबीच शिक्षा मन्त्रालयमा वार्ता भएको थियो । उनले आज पनि आन्दोलन जारी रहने बताउँदै शिक्षकहरूलाई आह्वान गरेका छन्, ‘सदाझैँ आज पनि ठिक ११ बजे माइतीघर मण्डला आइपुग्नु हुन अनुरोध छ।’

उनले आन्दोलन लम्बिँदै जाँदा बाधा र अड्चन बढेको पनि बताए । 'आन्दोलन लम्बिदै जाँदा बाधा र अड्चन बढेका छन् । त्यससँग लड्दै आन्दोलनमा डटिरहन सबै साथीहरुमा अनुरोध छ । पेसाकर्मीसँग भएको हतियार नै सामूहिक र सङ्गठित लडाई हो,' उनले भने ।

साथै उनले सदा झैं अनुशासित र संयमित भएर आन्दोलनमा रहन अुरोध गरे । वरिपरिका बोट विरुबाको सुरक्षा र सरसफाइको विशेष ध्यान राख्नु पनि उनले भनेका छन् ।

उनले भने, 'घर बसिरहेका साथीहरु, म पनि जानुपर्छ । आन्दोलनमा मेरो उपस्थिति आवश्यक छ भन्ने कुराले तपाईंलाई घोचिरहेको छैन ? आफ्नो आन्दोलनमा आफ्नो सक्रिय सहभागिताका लागि काठमाडौं आउनुहोला ।'

तत्काल नयाँ शिक्षा ऐन ल्याउनुपर्ने प्रमुख मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरिका शिक्षक काठमाडौँमा २६ दिनदेखि आन्दोलनरत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077