काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहनुका साथै देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
हाल गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आइतबार मधेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावनाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।