Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

साँफे हाटबजारका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले दियो १० लाख

साँफे हाटबजारका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले दियो १० लाख

शनिवार , बैशाख १३, २०८२

कैलाली । अछामको साँफे हाटबजारमा शनिबार बिहान भएको आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्कालका लागि १० लाख रुपैयाँ राहत बाँड्ने निर्णय गरेको छ ।

शनिबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकले आगलागी पीडितलाई वितरण गर्न साँफेबगर नगरपालिकालाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

साँफेबगर नगरपालिका ३ हाटबजारस्थित प्रेम खड्काले सञ्चालन गरेको सुभेच्छा मम सेन्टरबाट बिजुलीको तार सट भई आगलागी भएको थियो । आगलागीबाट १० वटा पसल जलरे नष्ट भएका छन् ।

प्रारम्भिक विवरण अनुसार ३ करोड ८६ लाख ६५ हजार बराबरको क्षती भएको अनुमान गरिएको छ ।

आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय नागरिकको सहयोगमा बिहान ६ः०५ बजे पुर्णरुपमा नियन्त्रणमा लिइएको थियो । मानवीय तथा चौपाया क्षती नभएको अछाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077