Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

शिक्षामन्त्री र आन्दोलित शिक्षकहरु निर्णायक वार्तामा

शिक्षामन्त्री र आन्दोलित शिक्षकहरु निर्णायक वार्तामा

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । आन्दालनरत शिक्षकहरु र शिक्षामन्त्री रघुजी पन्तबीच वार्ता भइरहेको छ । शनिबार बिहान शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीसँग शिक्षामन्त्री पन्त वार्तामा जुटेका हुन् ।

शिक्षामन्त्रीसँगै शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा वार्तामा सहभागी छन् ।

शिक्षकहरुको आन्दोलन र उनीहरुका माग सम्बोधनका लागि छलफल भइरहेको बताइएको छ ।

शुक्रबार शिक्षामन्त्रीले बोलाएको बैठक प्रभावित बनेको थियो । महासंघले शिक्षा ऐन जारी लगायत माग राखेर चैत २० गतेदेखि सडक आन्दालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077