झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा यात्रुबाहक बस दुर्घटना भएको छ ।
काठमाडौंबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको रात्रि बस आज बिहान ५ः३० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा २२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए ।
दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको बताइएको छ । जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ ।
बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।