Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

'हामी निर्णायक र अन्तिम लडाईंमा छौँ, घरमै रहेका साथीहरु पनि काठमाडौं आउनुस्'

'हामी निर्णायक र अन्तिम लडाईंमा छौँ, घरमै रहेका साथीहरु पनि काठमाडौं आउनुस्'

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । आन्दोलनरत शिक्षकले सरकारसँगको वार्ता र सडक आन्दोलनलाई सँगसँगै लैजाने भएका छन्। आज बिहान सरकारसँग निर्णायक वार्ता गर्न लागेका शिक्षकले राजधानी केन्द्रीत सडक आन्दोलनलाई पनि निरन्तरता दिने भएका हुन् ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि निर्धारित समयमै सडक आन्दोलनमा आउन शिक्षकहरुलाई आह्वान गरे । उनले बिहान १० बजे माइतीघर मण्डला आउन सबैलाई सामाजिक सञ्जालमार्फत् आह्वान गरेका छन् ।

उनले भने, 'थुप्रै असजिला छन् । आन्दोलन आफैंमा कठिन कार्य हो तर यसपटक हामी वार कि पारको लडाईंमा छौं भन्ने बुझिदिनुहोला ।'

यसैगरी अध्यक्ष सुवेदीले गाउँघरमै रहेका शिक्षकहरुलाई आन्दालन स्थलमा आउन अनुरोध गरे । 'गाउँघरमै रहनु भएका साथीहरु, यो आन्दोलनले तपाईंलाई खोजीरहेको छ । सँगैका साथी आन्दोलनको मोर्चामा डटिरहँदा तपाईको कर्तव्य के होला, एकपटक आफैंलाई सोध्नुहोला,' उनले भने ।

साथै उनले आन्दोलन स्थललाई सफा राख्न पनि उनको अनुरोध छ । उनले भने, 'हिजो आन्दोलन पछि हामी आन्दोलन स्थल हेर्न गएका थियौ । त्यहाँ पानीमा बोतलहरु छरप्रष्ट थिए । आज यो अवस्था नदोहोरिने विश्वास लिएका छौं । स्वयमसेवक साथीहरु यसमा निगरानी राखीदिनुहोला । हरेक साथीले आफूले पानी खाएको बोटल आफैं लिएर जानुहोला ।'

यसैगरी अध्यक्ष सुवेदीले आफूहरु निर्णायक र अन्तिम लडाईंमा रहेको बताए । यस्तो बेला नियमित भन्दा बढी बल लगाउनु पर्ने उनको भनाई छ ।

'हामी निर्णायक र अन्तिम लडाईंमा छौं । यस्तो वेला नियमित भन्दा बढी बल लगाउनु पर्छ । यो कुरालाई मनन गरी सहभागिता बढाउनुहोला,' उनले भने । यता सरकार र शिक्षक प्रतिनिधिबीच शनिबार बिहान साढे सात बजेदेखि शिक्षा मन्त्रालयमा वार्ता हुने तयारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077