काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ ।
नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि बिरामी थिए।
स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उनी पार्टी गतिविधिमा संलग्न थिएनन् ।