Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

शिक्षक र सरकारबीचको वार्ता भाँडियो, सिंहदरबार छिरेका शिक्षक मन्त्रालय नपुगी फर्किए

शिक्षक र सरकारबीचको वार्ता भाँडियो, सिंहदरबार छिरेका शिक्षक मन्त्रालय नपुगी फर्किए

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । आन्दोलनरत शिक्षकहरूबीच शुक्रबार हुने भनिएको वार्ता रोकिएको छ । वार्ताका लागि शिक्षकहरूको २५ जनाको टोली सिंहदरबार छिरेर पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा नपुगी फर्किएको हो ।

३ बजे बस्ने भनिएको वार्ताका लागि केहीबेरअघि सिंहदरबार गेटमा पुगेका शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितलाई प्रवेश अनुमति दिइएन ।

प्रवेश अनुमति नदिएपछि त्यहाँबाट शिक्षकहरुको टोली फर्किएको हो । उता सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गर्ने तयारी थियो ।

आन्दोलनको २४ दिनपछि विभागीयमन्त्री र शिक्षकहरूबीच औपचारिक हुन लागेको वार्ता केही दिनलाई टरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077