Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

‘मन्त्री नै अनलाइनका समाचारदाता’

‘मन्त्री नै अनलाइनका समाचारदाता’

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रिपरिषद्को निर्णयअघि नै सञ्चारमाध्यममा आएकोप्रति आक्रोश पोखेका छन्।

शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आक्रोश पोखेका हुन् ।

उनले मन्त्रिपरिषद्को बैठक सकिनु १८ मिनेटअगाडि नै कुलमानलाई पदबाट हटाएको समाचार गत चैत ११ गते अनलाइन माध्यममा आएको उल्लेख गरे ।

उनले उक्त विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुरा गरेको बताए। उनले भने–‘अनलाइनको समाचारदाता मन्त्री हो ? प्रवक्ताले नभन्दै कसले भन्यो ? यसलाई कारबाहीको विषय बनाउन प्रधानमन्त्रीसँग कुरा राखेँ । मोबाइल बाहिर राखेर मन्त्रिपरिषद्को बैठकमा आउन मन्त्रीहरूलाई आग्रह गरेका छौं।’

मन्त्री गुरुङले सञ्चारमाध्यममा सूचना पुर्‍याउने मन्त्रीलाई आफूले चिनेको पनि बताए ।

उनले भने–‘क्याबिनेट बैठक चलिरहेको छ, कुलमानजीलाई हटाउने निर्णय गरेको बैठक १८ मिनेटअगाडि नै आइसक्यो अनलाइनहरूमा । त्यहाँ मन्त्रीहरू र मुख्यसचिवबाहेक अरू कोही छैन । कसले भन्यो त त्यो ? मैले प्रधानमन्त्री ज्यूलाई प्रश्न गरेँ – कसले भन्यो ? कि तपाईंले भन्नुभयो कि ? कि तपाईंका माननीय मन्त्रीज्युहरूले भन्नुभयो ? कि मुख्यसचिवले भन्नुभयो ? कसैले त भन्यो ? प्रवक्ता तल गएर माइकअगाडि नउभिँदै समाचारमा आइसक्यो, अनलाइनमा आइसक्यो ।’

उनले सरकारको नभएर मन्त्री अनलाइनको समाचारदाता भएको बताए । ‘मन्त्री नै अनलाइनको समाचारदाता भए । प्रवक्ताले नभनी किन भनेको त ? अब क्याबिनेटमा मोबाइल लिएर आउन बन्द गर्नुपर्‍यो । कारबाहीको विषय बनाउनुपर्‍यो । अब क्याबिनेटमा आउँदा मोबाइल बाहिर राखेर आउने’, उनले भने–‘प्रवक्ताले बाहेक कसैले नभन्ने । यसरी भगवान् भरोसा चलेको छ मुलुक ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077