काठमाडौं । सर्वोच्च अदालतले माध्यमिक शिक्षा परीक्षा (एसईई) बोर्डको नतिजा समयमै प्रकाशन गर्न र कक्षा १२ को परीक्षा पनि नसार्न सरकारको नाममा आदेश दिएको छ ।
न्यायाधीश नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो ।
तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण एसईईको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्था सिर्जना हुन नदिन र कक्षा १२ को परीक्षा समयमा गर्न आदेश दिइएको छ।
'शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिँदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने,' आदेशमा भनिएको छ।
यस्तै आन्दोलनरत शिक्षकका जायज माग पूरा गरी ३ दिनभित्र स्कुल फर्काउने वातावरण सुनिश्चित गर्न सरकारको नाममा आदेश दिएको छ ।