काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरिएको छ ।
एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज) ले एमसीसी बन्द गर्ने निर्णय गरेको हो ।
एमसीसी परियोजना अन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ ।
तर ट्रम्प प्रशासनको खर्च कटौती नीति अन्तर्गत एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजनाका अन्तर्गतका काम पनि रोकिने भएका छन् ।
अमेरिकी सरकारको डज विभागले मंगलबार सबै कर्मचारीलाई इमेल पठाउँदै एमसीसी अनुदान सहयोग बन्द हुने जानकारी गराएको छ ।