Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

प्रहरीको झण्डा ओढाएर आईजीपी थापाले गरे पूर्वआईजीपी थापाको अन्तिम बिदाइ

प्रहरीको झण्डा ओढाएर आईजीपी थापाले गरे पूर्वआईजीपी थापाको अन्तिम बिदाइ

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दिपक थापा तथा सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले मंगलबार निधन भएका पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) दुर्लभकुमार थापालाई अन्तिम विदाई गरेका छन् ।

थापाको अन्त्येष्टी कार्यक्रममा आईजीपी दिपक थापा तथा एआईजीहरुले प्रहरी झण्डा ओढाई सम्मान व्यक्त गरेका थिए । सशस्त्र प्रहरीका आईजीपी अर्याल तथा अवकास प्राप्त आईजीपीहरु एवं वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

९७ वर्षको उमेरमा थपाको मंगलबार पाटनस्थित निवासमै निधन भएको थियो । थापाले २०३५ साउनदेखि २०३९ जेठसम्म आइजिपीको कार्यभार सम्हालेका थिए।

उनको कार्यकालमा नेपाल प्रहरीमा महत्त्वपूर्ण सुधार र नवीन पहलहरू भएका थिए।

उनले पर्यटक प्रहरीको स्थापना, कमाण्डो तालिमको सुरुवात, प्रहरी पहरा गणको गठन, र महानिरीक्षकको निवास निर्माण जस्ता उल्लेखनीय कार्यहरू गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077