काठमाडौं । संवैधानिक निकायमा ५२ जनाको नियुक्ति विवादमा चौथो दिनको सुनुवाइ जारी छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह, न्यायाधीशहरू सपना मल्ल प्रधान, डा.मनोजकुमार शर्मा, डा.कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको हो ।
वैशाख ३ गते मुद्दामा संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको हो ।
सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायमा ५२ जनाको नियुक्ति बदरको माग गर्दै दायर रिट निवेदनमाथिको सुनुवाइ आइतबारदेखि सुरू गरेको हो ।
२०७७ मंसिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा अध्यादेश जारी गरी पटकरपटकगरी विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्य नियुक्त भएका थिए ।