Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

आमा र बहिनीसहित घुम्न कश्मिर पुगेका थिए एक्लो छोरो सुदीप, बेलबरियामा विक्षिप्त छन् बुबा

आमा र बहिनीसहित घुम्न कश्मिर पुगेका थिए एक्लो छोरो सुदीप, बेलबरियामा विक्षिप्त छन् बुबा

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । भारतको जम्मु कश्मिरमा आतंकवादी हमलामा मारिएकामध्ये सुदीप न्यौपाने ४ दिनअघि शनिबारमात्रै आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएको खुलेको छ ।

बुटवल–१४ बेलबरियाका न्यौपानेको आतंकवादी आक्रमणबाट उनको मृत्यु भएको पुष्टि भइसकेको छ । सुदीप परिवारका एक्ला छोरा हुन् । उनी धरानमा पब्लिक हेल्थ पढ्दै थिए ।

गत शनिबार आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसहित कश्मिर गएका सुदीपमाथि बन्दूकधारीहरूले आक्रमण गरेका थिए ।

सुदीपका बुवा बुटवल–१४ बेलबरियामा विक्षिप्त अवस्थामा छन् । सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी गरिएको वडाध्यक्ष समेत रहेका काका दधिरामले बताएका छन् ।

दधिरामका अनुसार शवलाई कश्मिरबाट दिल्ली र दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ ।

जम्मु कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा उनी परेका हुन् ।

वडा अध्यक्ष न्यौपानेका अनुसार बन्दूकधारीहरूको उक्त समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको थियो । साथमा रहेका आमा, बहिनी र ज्वाइँ सकुसल छन् ।

सुदीपलले एकदिनअघि मात्र सामाजिक सञ्जाल फेसबुकमा कश्मिरमा रहेको तस्बिर सार्वजनिक गरेको भेटिएको छ । सुदीपले इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्ट र कश्मिर पुगेको तस्वीर स्टोरीमा राखेका थिए ।

सो स्थानमा ५ जना आतंककारीहरुले सुदीपसहित २६ जनाको गोली हानी हत्या गरेको समाचार बाहिरिएसँगै बुटवलसँगै देश नै पुरै शोकमय बनेको छ ।

भारतीय मिडियाहरुका अनुसार बैसारन सुन्दर भएकाले मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ । सो स्थान पर्यटकमाझ चर्चित छ ।

त्यहाँ घुम्न गएका पर्यटकहरुमाथि मंगलबार गोली हानी हत्या गरिएको हो । आतंकवादीहरुले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकलाई गोली हानेर मारेको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ । मारिनेहरुमा नेपाल र यूएईका नागरिकसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077