Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

शिक्षक महासंघको आह्वान - गाउँघरमा भएको साथीलाई पनि आन्दोलनमा बोलाउनू

शिक्षक महासंघको आह्वान - गाउँघरमा भएको साथीलाई पनि आन्दोलनमा बोलाउनू

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलनमा गाउँघरमा भएका साथीहरुलाई पनि आन्दोलनमा बोलाउन आह्वान गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले २२ दिनदेखि जारी आन्दोलनमा गाउँघरमा भएका साथीहरुलाई पनि बोलाउन आह्वान गरेका हुन् ।

राष्ट्रिय समितिको हिजोका बैठकले आन्दोलनलाई अझ कडा र दरिलो बनाउने निर्णय गरेको भन्दै सबैलाई आन्दोलनमा आउन आह्वान गरेको जानकारी दिए ।

उनले भने, 'गाउँघरमा रहेका आफ्ना साथीलाई काठमाडौं बोलाउनुहोला ताकि निर्णायक घडीमा आन्दोलनमा समाहित भएको गौरव वहाँहरुलाई पनि प्राप्त होस् । महासङ्घले निषेध गरेका कुनै पनि काम नगर्न नगराउनुहुन सबै साथीमा विनम्र अनुरोध गरिन्छ ।'

साथै उनले यतिका दिनसम्म अनुशासन र संयमका साथ प्रदर्शन गरेको भन्दै सबैको प्रशंसा गरेका छन् । उनले भनेका छन्,‘यतिका दिनसम्म यहाँहरुले प्रदर्शन गर्नुभएको अनुशासन र संयमको सबैले प्रशंसा गरेका छन् । त्यसैले सदा झैं अनुशासति, संयमित र मर्यादित भएर जुलुशमा सहभागी हुनुहोला । गाउँघरमा रहेका आफ्ना साथीलाई काठमाडौं बोलाउनुहोला ताकि निर्णायक घडीमा आन्दोलनमा समाहित भएको गौरव वहाँहरुलाई पनि प्राप्त होस् ।’

उनले आजको बसाईमा राष्ट्रिय समितिको मुख्य ब्यानर पछि क्रमशः सुदुर पश्चिम, कर्णाली, लुम्विनी, गण्डकी, वागमती, मधेश र कोशी प्रदेश गरी व्यवस्थापन गर्न उनले निर्देशन दिए । आजबाट आन्दोलनको समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको पनि उनले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077