Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

विरोधीहरूले खुब संगठीत ढंगले घेराबन्दी र हमला गर्छन् : ओली

विरोधीहरूले खुब संगठीत ढंगले घेराबन्दी र हमला गर्छन् : ओली

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रबाटै विरोधीलाई सहयोग पुग्नेगरी बोल्ने गरेको भन्दै आपत्ति जनाएका छन् ।

नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आपत्ति जनाएका हुन् ।

उनले भने–‘विरोधीहरूले खुब संगठीत ढंगले घेराबन्दी र हमला गर्छन् । हाम्रै साथिहरूले पनि कताकता यतिकै विरोध भएको छ त भन्ने कताकता भ्रममा सामेल हुनेगरी बोल्ने गरेको पाइएको छ ।’

साथै, उनले गाली खानका लागि कुनै गल्ती नै गर्न नपर्ने जिकिर गरे ।

उनले भने–‘गाली खानका लागि कुनै गल्ती गर्नुपर्दैन भन्ने उदाहरण गल्ती गर्नेहरूले, अपराधीहरूले समाज बिगार्नेहरूले, राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्वहरूले राम्रो काम गर्नेहरूलाई नै सबैभन्दा चर्कोगरी घेराबन्दी गर्ने काम गरिरहेका छन् । यसमा विभिन्न प्रकारका तत्वहरू सामेल भइरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077