Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

भावी गभर्नर भट्टविरुद्धको रिट पौडेल र ढकालको इजलासमा

भावी गभर्नर भट्टविरुद्धको रिट पौडेल र ढकालको इजलासमा

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । भावी गभर्नर डा. गुणाकर भट्टविरुद्धको रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा परेको छ ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका भट्टलाई गभर्नर बन्ने चर्चाकै भरमा विपक्षी बनाइएको छ ।

अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएर उनलाई विपक्षी बनाएका हुन् । सरकारले संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध रिट दायर भएको थियो ।

अल्पकालीन अन्तरिम आदेश जारी भएर अन्तरिम आदेश प्रयोजनका निम्ति आइतबारको पेसी तोकिएकामा शुक्रबार नै पूरक निवेदन दर्ता भएको थियो । हालसम्म उक्त रिट 'हेर्न नभ्याइने'मा पर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077