Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

रूपन्देहीको दानव नदीमा बेपत्ता दुई बालकको शव फेला

रूपन्देहीको दानव नदीमा बेपत्ता दुई बालकको शव फेला

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । रूपन्देहीको दानव नदीमा बेपत्ता दुई बालकको शव फेला परेको छ ।

सोमबार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुई बालकको शव सशस्त्र प्रहरीले मङ्गलबार बिहान निकालेको हो ।

सोही ठाउँ बस्ने वर्ष १३ को उमेश यादव र वर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो ।

उनीहरुको खोजिका लागि राति नै सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको थियो ।

गोताखोर सहितको टोलीले मङ्गलबार बिहान बेपत्ता भएकै स्थानबाट दुई बालकको शव फेला पारेको हो ।

बेपत्तामध्ये १४ वर्षका राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077