Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

शिक्षक महासंघले भन्यो - आन्दोलनलाई परिणाममुखी बनाउन संयमित र अनुशासित बन्नू

शिक्षक महासंघले भन्यो - आन्दोलनलाई परिणाममुखी बनाउन संयमित र अनुशासित बन्नू

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनमा संयमित र अनुशासित हुन शिक्षकलाई आग्रह गरेको छ ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सामाजिक सञ्जालमार्फत आन्दोलनलाई परिणाममुखी बनाउन धैर्यता, संयम र अनुशासन कायम राख्न आग्रह गरेको हुन् ।

आन्दोलनलाई निर्णायक बनाउन अझै जोडबलसहित आन्दोलनमा जुटन् पनि उनले अनुरोध गरे ।

“आन्दोलनका लागि तोकिएको स्थान र तोकिएको विधिबाहेक अन्य कार्यमा संलग्न नहुनु होला,” सुवेदीले भनेका छन्, “आन्दोलन आफैँमा जटिल जिम्मेवारी हो । मनोगत र लहडी निर्णय तथा कुराप्रति सचेत रहनुहोला ।”

बजारमा चलेका अफवाह र गलत समाचारहरूमा विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् । आन्दोलनलाई परिणाममुखी बनाउन धैर्यता, संयम र अनुशासन आवश्यक रहेको उनले बताएका छन् ।

आज पनि बिहान ९ बजेदेखि १२ बजेसम्म आन्दोलन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077