Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

शिक्षक आन्दोलनको विरुद्धमा उत्रिने तयारीमा यातायात व्यवसायी, किस्ता तिर्न नसकेको गुनासो

शिक्षक आन्दोलनको विरुद्धमा उत्रिने तयारीमा यातायात व्यवसायी, किस्ता तिर्न नसकेको गुनासो

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण दिउसो माइतीघर–बानेश्वर सडकखण्ड बन्द भएको २० दिन पुगिसक्यो । जसले गर्दा सर्वसाधरण यात्रुदेखि यातायात व्यवसायी समेत मारमा परेका छन् ।

शिक्षक आन्दोलनले माइतीघर–बानेश्वर सडक दिनहुँ अवरुद्ध हुन थालेपछि यातायात व्यवसायीले प्रतिकार गर्ने तयारी गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले आन्दोलनका नाममा दिनहुँ सडक बन्द गराएपछि अब आफूहरू पनि प्रदर्शनको तयारीमा जुटेको बताए ।

उनले भनेका छन्–‘शिक्षक आन्दोलनका नाममा सडक बन्द गर्न पाइँदैन । शिक्षकहरूको माग के हो ? सरकारले पूरा गर्नुपर्‍यो । यसका नाममा आमसडक प्रयोगकर्ताको अधिकार खोसिनुभएन । यसरी सडक अवरुद्ध हुनुभएन ।’

देशभरका शिक्षक गएको चैत २० गतेदेखि दैनिकरूपमा माइतीघर–बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनमा छन् ।

शिक्षक आन्दोलनकै कारण काठमाडौंको ट्राफिक व्यवस्थापन दैनिक अस्तव्यस्त बनेको मात्र नभई व्यवसायीहरुले गाडी चलाउन नपाएपछि बैंक किस्ता, कर तथा राजस्व, बिमा, कर्मचारी, मजदुरको व्यवस्थापन समस्या देखिरहेको यातायात व्यवसायीहरुको भनाई छ ।

सडकमा हुने बन्द, हडताल, भेला, सभा, जुलुस, धर्ना, आन्दोलन, हुलहुज्जत र बाटो अवरोधजस्ता कार्यले यातायात व्यवसायी मात्रै होइन सम्पूर्ण क्षेत्रमा असर परेको महासंघको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077