Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

प्रहरी जवानको नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ

प्रहरी जवानको नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । प्रहरी जवानको परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका–५ घर भएकी १९ वर्षीया ज्ञानुता विश्वकर्मा हुन् ।

उनलाई पोखरा महानगरपालिका–७ पार्दीस्थित लोक सेवा आयोगको कार्यालयमा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनले प्रहरी जवानको परीक्षा दिइरहेकी थिइन् । अर्कैको नाममको प्रवेशपत्रमा आफ्नो फोटो टाँस गरेर परीक्षा दिएको आरोपमा उनी पक्राउ परेकी हुन् ।

उनीविरुद्ध कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077