Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

कोशीमा नुहाउने क्रममा मामा-भान्जा बेपत्ता

कोशीमा नुहाउने क्रममा मामा-भान्जा बेपत्ता

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । सप्तकोशीमा नुहाउने क्रममा मामा-भान्जा बेपत्ता भएका छन् ।

सुनसरीको इटहरी १६ बालग्राम निवासी १६ वर्षीय भान्जा जेनिस आचार्य र ४० वर्षीय मामा नवराज बास्तोला कोशीमा नुहाउने क्रममा बेपत्ता भएका हुन ।

सोमबार ८ः३० बजे बराहक्षेत्र मन्दिर छेउमा भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि भान्जालाई बचाउने क्रममा मामा नवराज पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी पकली र सशस्त्र प्रहरी इनरुवा, स्थानीय लगायतको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077