Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

साथीलाई फोन गर्छुु भनेर मोबाइल मागेर भाग्ने तीन जना पक्राउ

साथीलाई फोन गर्छुु भनेर मोबाइल मागेर भाग्ने तीन जना पक्राउ

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । प्रहरीले मोबाइल लुटपाटमा संलग्न तीनजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

पीडितको निवेदनका आधारमा प्रहरीले शिखरजंग थापा भनिने नवराज सुनुवार, राज निष्ट यादव र सुरेश ठाकुर हजामलाई पक्राउ गरेको हो ।

गत शुक्रबार दिउँसो पौने ४ बजे बसुन्धारामा मोटरसाइकलमा आएका दुईजनाले ट्याक्सीचालक प्रेम तामाङको बा२ज ३४५८ को ट्याक्सी ठमेलमा सामान लिन जाने भनेर रोकेको र फोन गर्नका लागि भनेर मोबाइल मागेर भागी फरार भएको भनी पीडितले दिएको उजुरीका आधारमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानमा पक्राउ परेकाहरूले विभिन्न स्थान र व्यक्तिबाट मोबाइल लुट्ने गरेको पाइएको थियो ।

उनीहरूको साथतबाट प्रहरीले विभिन्न कम्पनीका चार थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077