Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

खाद्यान्न बोकेको ट्याक्टर दुर्घटना, चालकसहित चार जनाको मृत्यु

खाद्यान्न बोकेको ट्याक्टर दुर्घटना, चालकसहित चार जनाको मृत्यु

सोमवार , बैशाख ८, २०८२

कालिकोट । कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

आइतबार राति पलाँता गाउँपालिकाको थिर्पूबाट खाद्यान्न लिएर खिन, धौलागोह जाँदै गरेको ट्याक्टर लार्फ गाउँ नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

मृतकमा पलाँता गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीया अम्मा शाही, वडा नम्बर ४ का ३८ वर्षीया सदु बुढा, सोही वडाका २३ वर्षीया रविन्द्र विश्वकर्मा र ट्याक्टर चालक मुगुको खत्याडका चन्द्रप्रकाश रोकाया रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर दुई सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077