Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

बोलेरोमा करेन्ट लागेर आगलागी : मृतक सबैको सनाखत [नामसहित]

बोलेरोमा करेन्ट लागेर आगलागी : मृतक सबैको सनाखत [नामसहित]

सोमवार , बैशाख ८, २०८२

ताप्लेजुङ । ताप्लेजुङमा बोलेरोमा करेन्ट प्रवाह हुँदा मृत्य भएका चार जनाको सनाखत भएको छ ।

आज बिहानै दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे१ च ३०११ नम्बरको जिपमा बिजुलीको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेको हो ।

मृत्यु हुनेमा बोलेरो चालक फुङलिङ नगरपालिका १० का दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापा घर भएकी वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेल रहेका छन् । प्रहरीका अनुसार घटनामा परि दुईजना गम्भीर घाइते भएका छन् ।

आध्याकी आमा ललितपुर बस्ने ४५ वर्षीया सविना आचार्य र सविनाका छोरा १० वर्षीय अभियम आचार्यलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल लगिएको छ ।

आगो कसरी लाग्यो भन्ने नखुले पनि हाइटेन्सन लाइनको तार सवारीमाथि खस्दा आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077