ताप्लेजुङ । ताप्लेजुङमा करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर करेन्ट लागेको हो ।
बिजुलीको तारबाट बोलेरो जीपमा करेन्ट प्रवाह भएपछि आगो लागेको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन बाँकी छ । गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।