Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

गभर्नर नियुक्ति सम्बन्धी रिटको पेसी फुयाल र पाण्डेयको इजलासमा सुनुवाइ हुने

गभर्नर नियुक्ति सम्बन्धी रिटको पेसी फुयाल र पाण्डेयको इजलासमा सुनुवाइ हुने

आइतवार , बैशाख ७, २०८२

काठमाडौँ । गभर्नर नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने भएको छ ।

सरकारले गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रोकिपाउन ‘प्रतिषेध मिश्रित परमादेश’ माग गरी शुक्रबार पूरक रिट पेस गरेका थिए ।

सो रिट न्यायाधीश फुयाल र पाण्डेयको इजलासमा सुनुवाइ हुन लागेको हो ।

यसअघि अधिवक्ताद्वय उप्रेती र थापाले ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकाय (राष्ट्र बैंकसमेत) का पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ (दोस्रो संशोधन) मार्फत ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई समेत पदाधिकारी र सदस्य नियुक्त गर्न मिल्ने गरी भएको संशोधन खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077