Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

आज काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

आज काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।

राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना तथा तीनकुनेको प्रदर्शनमा पक्राउ परेका पार्टीका नेताहरूको रिहाइको मागसहित राप्रपाले प्रदर्शन गर्न लागेको हो ।

गत साता सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायत पक्राउ परेका थिए ।

यसैबीच, गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानूनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077