Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

बुटवलमा गोली चल्यो, एक महिला गम्भिर घाइते

बुटवलमा गोली चल्यो, एक महिला गम्भिर घाइते

शनिवार , बैशाख ६, २०८२

रुपन्देही । रुपन्देहीमा एक महिलामाथि गोली प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि आज बिहान गोली प्रहार भएको हो ।

उनको पछाडीबाट कम्मरमाथि गोली लागेको र गम्भिर घाइते भएकाले अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उनी पाल्पाको रैनादेवी छहरा घर भइ बुटवल-११ बुद्धनगर बस्दै आएकी थिइन् ।

गोली प्रहार गर्ने व्यक्तिको पहिचान भएको छैन । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077