Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी, लोग्सरीसहित ४ जनामाथि कारबाहीको डण्डा !

सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी, लोग्सरीसहित ४ जनामाथि कारबाहीको डण्डा !

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छिन् ।

शुक्रबार भएको ९ औं महाधिवेशनमा सञ्चारिका समूहको पदाधिकारीमा प्रेस चौतारी नेपाल र प्रेस युनियनको संयुक्त प्यानल नै निर्वाचित भएको हो । महासचिवमा राधा खनाल सर्वसम्मतिले चयन भइन् ।

अध्यक्ष पन्थीले १४९ मत प्राप्त गरेर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी पवित्रा सुनारले ८७ मत ल्याइन् । समूहको उपाध्यक्षमा बसन्ती बास्तोला, सचिवमा उर्वशी बस्न्यात र कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भएका छन् ।

यसैगरी समूहको केन्द्रीय सदस्यहरूमा अजवी पौड्याल, विष्णु पन्थी, कालिका शिवाकोटी, कल्पना शर्मा, देवी सापकोटा, दीपा रेग्मी, तारा चापागाईं र सम्झना वन निर्वाचित भएका छन् ।

यस्तै संगठनको हित विपरीत उम्मेदवारी दिएको भन्दै प्रेस चौतारी नेपालले अध्यक्षमा उम्मेदवार दिएकी पूर्व केन्द्रीय सदस्य सुनार, उपाध्यक्षमा उम्मेदवार दिएकी संगठनकी पूर्वसचिव लोग्सरी कुँवर, सदस्यका उम्मेदवार तारा चापागाईं र दीपा रेग्मीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

साथै उनीहरुलाई पार्टीको साधार सदस्य समेत नरहने गरी कारबाही सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077