Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

प्रि–मनसुन विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु, २५७ घाइते

प्रि–मनसुन विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु, २५७ घाइते

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । यसपालिको प्रि-मनसुनको हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही क्रममा २५७ जना घाइते भएका छन् भने करोडौँ रुपैयाँ बराबरको आर्थिक क्षति भएको हो ।

प्राधिकरणका अनुसार अहिले प्रि-मनसुन चलिरहेको छ। साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् अंग्रेजी महिनाको मार्चदेखि मेसम्मको समयलाई प्रि-मनसुन भनिन्छ।

प्रि-मनसुनमा स्थानीय वायुको प्रभावले सामान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई नेपालका केही स्थानहरुमा असिना पानी पर्ने, हावाहुरी चल्ने, मेघगर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधिहरु भइरहेका छन् ।

प्राधिकरणले प्रि–मनसुनको समयमा हुने विपद्को जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077