Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

सामाजिक सञ्जाल दर्ता गर्न कोही आउँदैन, सरकारलाई नै टेर्दैन : सञ्चारमन्त्री गुरुङ

सामाजिक सञ्जाल दर्ता गर्न कोही आउँदैन, सरकारलाई नै टेर्दैन : सञ्चारमन्त्री गुरुङ

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगाएतका सामाजिक सञ्जाल दर्ता हुन कोही नआएको बताए ।

मन्त्री गुरुङले भने,‘सरकारले तोकेको म्याद एक महिना पुग्न दुई तीन दिन बाँकी छ । सामाजिक सञ्जाल दर्ता गर्न कोही आउँदैन । सरकारलाई नै टेर्दैन।’

नेपालमा सञ्चालन हुने सवै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिवन्ध लाग्ने मन्त्री गुरुङको भनाई थियो ।

सामाजिक सञ्जाल सम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077