Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

निजामती विधेयकमाथि सुशासन समितिमा छलफल सुरु

निजामती विधेयकमाथि सुशासन समितिमा छलफल सुरु

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । निजामती विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएको छ।

संसदीय उपसमितिले विधेयकको प्रतिवेदन पेस गरेपछि मुल समितिमा छलफल सुरु भएको हो।

नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले गत चैत २० गते आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाएको थियो ।

त्यसको १७ दिनपछि मूल समितिले विधेयकमाथि छलफल सुरु गरेको हो।

उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल अगाडि नबढेको भनेर कर्मचारीहरूले सार्वजनिक रुपमा समेत प्रश्न उठाउन थालेपछि समितिले विधेयकमाथिको छलफल अगाडि बढाएको हो।

संसदीय समितिमा विधेयकमाथी छलफल चल्दा बाहिर निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले धर्ना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077