पोखरा । गृहमन्त्री रमेश लेखकले प्रादेशिक आपत्कालीन गोदामघर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका छन्।
गृहमन्त्री लेखकले विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने गोदामघर गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकार, युरोपेली संघ, विश्व खाद्य कार्यक्रम र नागरिक उड्डयन प्राधिकरणको सहयोगमा यो घर निर्माण गरिएको हो ।
भवन निर्माणमा २ करोड लगानी भएको छ ।