Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

मकवानपुरमा मध्यराति गाडी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

मकवानपुरमा मध्यराति गाडी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

शुक्रवार , बैशाख ५, २०८२

मकवानपुर । मकवानपुरको मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

कान्तिलोकपथ खडक खण्डमा पर्ने मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा गएराति १ बजेतिर काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०७२ नम्बरको ईभी गाडी दुर्घटना भएको हो ।

सर्लाहीको बागमती नगरपालिका–७ बस्ने १३ वर्षीया मानुसी मगर र रौतहटको दुर्गा भवानी गाउँपालिका–५ निवासी ५० वर्षकी निलम देवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल नजिक खोल्सामा बालिकाको शव फेला परेको हो भने निलमको हेटौँडा अस्पतालमा उपचाको क्रममा आज बिहान ४ बजतिर मृत्यु भएको बताइएको छ ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १६ जना सवार गाडी सडकबाट करिब दुईसय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077