Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

एआइजी बढुवामा शक्तिशाली डिआइजीहरू छुट्दा मनोज केसीले कसरी मारे बाजी ?

एआइजी बढुवामा शक्तिशाली डिआइजीहरू छुट्दा मनोज केसीले कसरी मारे बाजी ?

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । रिक्त भएको एक महिनापछि नेपाल प्रहरीमा रिक्त रहेका ६ एआईजी पदमा बढुवा सिफारिस भएको छ। तिव्र चलखेलका बाबजुत ज्येष्ठताकै आधारमा बढुवा निकालिएको छ ।

डिआइजीहरू चन्द्रकुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीको बढुवा सिफारिस भएको छ ।

उनीहरुमध्ये मनोज केसीको बढुवालाई धेरैले आश्चर्यका रुपमा हेरेका छन्। यसअघि रवि लामिछानेनिकट भएर डिआइजी बढुवा भएको र बेचन झालाई पक्राउ गर्ने भूमिकामा रहेको आरोप उनीमाथि थियो।

सोही कारण यो सरकार बनेलगत्तै उनलाई बिशेष ब्यूरोबाट प्रहरी एकेडेमीमा सरुवा गरिएको थियो। उनै केसीलाई अहिले सरकारले बढुवा गरेको छ । जबकी बढुवाको प्रतिस्पर्धामा अरु धेरै शक्तिशाली डिआइजीहरु थिए। स्रोतका अनुसार कांग्रेस महामन्त्री गगन थापाको समेत दबाबमा उनी बढुवामा परेका हुन्।

एउटै स्कुल पढेका गगन र मनोज साथी हुन्। पछिल्लो समय सरकारविरुद्ध गगन आक्रमक बनेका थिए। मनोजलाई बढुवामा छुटाउँदा उनी थप रुष्ट हुन सक्ने भएकाले बढुवा गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

बढुवा भएकामध्ये चन्द्रकुबेर, लालमणी र कृष्णहरी पूरानो टोलीका हुन्। उनीहरूमध्ये चन्द्रकुबेर दुई महिनाका लागि आइजिपी समेत बन्ने सम्भावना छ । लालमणिले जेठ १० मा र कृष्णहरी भदौमा अवकाशमा जानेछन्। चन्द्रकुबेर १९ भदौदेखि २७ कात्तिकसम्म आइजिपी हुने सम्भावना देखिएको छ ।

त्यसपछि दानबहादुर कार्की आइजिपी बन्ने सम्भावना बढेको छ। यद्यपी राजन अधिकारी र मनोज केसी पनि प्रतिस्पर्धामा हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077