Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको आदेश

भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको आदेश

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । सर्वोच्च अदालतले भुटानबाट नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न सरकारका नाममा आदेश दिएको छ ।

न्यायाधीश हरि फुयालको इजलासले झापामा पक्राउ परेका चार शरणार्थीलाई नेपालबाट निकाला नगर्न आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाले दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरु अमेरिकाबाट डिपोर्ट भएर भुटान पुगेका थिए । त्यसक्रममा उनीहरु भाग्दै भारत हुँदै नेपाल प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ ।

चारमध्ये एकजनाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । निवेदनमाथि प्रारम्भिक सुनुवाईपछि सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077