Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

कवाडी संकलन केन्द्र हटाउन महानगर प्रहरीले डोजर चलायो

कवाडी संकलन केन्द्र हटाउन महानगर प्रहरीले डोजर चलायो

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ ।

च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलन केन्द्रमा  पटक–पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाएर हटाएको महानगर प्रहरी बलले जनाएको छ ।

कवाडी संकलन केन्द्र हटाउन् महानगरपालिकाले डोजरसहित दर्जनौं नगर प्रहरी परिचालन गरेको छ ।

डोजर लगाएर कवाडी संकलन केन्द्र भत्काउनेक्रममा दुई मजदुरहरुले ढुंगामुढा गर्दा  ढुंगा लागेर डोजरको सिसा फुटेको छ ।

डोजरमा ढुङ्गा मुडा गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077