Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

एमाले सुदूरपश्चिम संसदीय दलका नेता रावलले फिर्ता गरे सरकारी गाडी

एमाले सुदूरपश्चिम संसदीय दलका नेता रावलले फिर्ता गरे सरकारी गाडी

बुधवार , बैशाख ३, २०८२

धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र सिंह रावलले सरकारी गाडी फिर्ता गरेका छन् ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका रावलले बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सरकारी गाडी फिर्ता गरेका हुन् । संसदीय दलका नेता रावललाई प्रदेश सरकारले गाडी उपलब्ध गराएको थियो ।

तर नियम विपरित गाडी प्रयोग गरिरहेको आरोप लागेपछि रावलले बुधबार फिर्ता गरेका हुन् । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा सत्तापक्षीय संसदीय दलका नेतालाई गाडी सुविधाको व्यवस्था गरेका कारण लिएको दाबी गरे ।

तर उक्त ऐनमा भएको प्राविधिक त्रुटीका संशोधन गर्न बाँकी रहेको अवस्थामा सरकारकै आग्रहमा गाडी प्रयोग गरेको तर आफूलाई गाडी आवश्यक पर्छ भनेर कसैलाई दबाब नदिएको पनि उनले प्रष्ट्याए ।

केही सञ्चार माध्यममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीलाई धम्क्याएर, दबाब दिएर गाडी प्रयोग गरेको आरोप लगाउँदै समाचार सार्वजनिक भएपनि त्यसमा सत्यता नभएको रावलको दाबी थियो । उनले आफ्नो चरित्र हत्या गर्न खोजिएको बताए ।

यता आन्तरिक मामिला तथा कानुन मन्त्री सार्कीले समेत संसदीय दलका नेताले गाडी सुविधाका लागि धम्की र दबाब दिएको कुरामा कुनै सत्यता नभएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077