Online Nepal
  • आइतबार, १४ बैशाख २०८२
  • शिक्षक महासंघले भन्यो – हाम्रा मागमा राज्य यथावत् अनुदार देखिन्छ, आन्दोलन रोक्दैनौँ

    शिक्षक महासंघले भन्यो – हाम्रा मागमा राज्य यथावत् अनुदार देखिन्छ, आन्दोलन रोक्दैनौँ

    अनलाइन नेपाल
  • बुधबार, ३ बैशाख २०८२
  • 237
    SHARES

    काठमाडौँ । नेपाल शिक्षक महासंघले जारी आन्दोलनलाई निरन्तरता दिने भएको छ । सरकारले मंगलबार राति बजेट अधिवेशन आह्वान गर्ने र सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको थियो ।

    यससँगै सरकारले शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेको थियो । तर महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन जारी रहने जानकारी दिएका हुन् ।



    महासङ्घले आफूहरूले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिएको निष्कर्ष निकाल्दै प्रदर्शनलाई निरन्तरता दिने भएको छ ।

    अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्–’देश भरिका सबै साथीहरू आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईँलाई काठमाडौँको आन्दोलनको मोर्चामा पर्खिरहेका छौँ । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौँ आइपुग्नुहोला ।’

    साथै उनले अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचारप्रति सचेत रहन अनुरोध गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार