काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपालको उत्तरी सीमाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जेमा केन्द्रविन्दु रहेको ५ म्याग्निच्युडको भूकम्प बिहान ४ः०५ बजे गएको हो ।
पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानमा लगातार भूकम्प गएको छ।
केन्द्रका अनुसार मङ्गलबार बिहान ४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंकमा केन्द्रविन्दु रहेको ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
Leave a Reply