Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • ट्रम्पको निशानामा विश्वविद्यालय पनि

    ट्रम्पको निशानामा विश्वविद्यालय पनि

    अनलाइन नेपाल
  • मंगलबार, २ बैशाख २०८२
  • 285
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा हार्वर्ड विश्वविद्यालय पनि परेको छ ।

    ह्वाइटहाउसमा पुनरागमन गरेपछि खर्च कटौतीको लागि भन्दै अनेक प्रतिबन्ध र आर्थिक सहायता रोक्का गर्दै आएका ट्रम्पको निशानामा विश्वविद्यालय पनी परेको हो ।



    नीति सुधारका लागि गत साता पठाइएको सूची अस्वीकार गरेको कारण देखाउँदै ह्वाइट हाउसले हार्वर्डको दुई अर्ब डलरको कोष नै रोक्का गरेको छ ।

    ह्वाइट हाउसले गत साता हार्वर्डलाई मागहरूको सूची पठाएर नीतिगत परिवर्तनको लागि भनेको थियो ।

    ट्रम्प प्रशासनले पठाएका मागमा शासन, भर्ना अभ्यास र भर्ना प्रक्रियाहरूमा परिवर्तनहरू समावेश थिए ।

    राष्ट्रपति ट्रम्पले गत वर्ष गाजामा भएको युद्ध र इजरायललाई अमेरिकी समर्थनको विरोधमा देशभरका कलेज क्याम्पसहरू उथलपुथल हुँदा प्रमुख विश्वविद्यालयहरूले यहुदी विद्यार्थीहरूलाई सुरक्षा दिन असफल भएको आरोप लगाएका छन् ।

    त्यसैलाई मध्यनजर गर्दै उनले हार्वर्ड विश्वविद्यालयको शैक्षिक प्रणाली, भर्ना अभ्यास र भर्ना प्रक्रियाहरूमा परिवर्तनको लागि भनेको थियो ।

    उक्त मागहरू हार्वर्डले अस्वीकार गरेपछि ट्रम्प प्रशासनले सोमबार कोषमा भएको रकम रोक्का गर्ने निर्णय गरेको हो ।

    हार्वर्डलाई पठाइएको पत्रमा मागहरूको अद्यावधिक र विस्तारित सूची पठाइएको थियो । साथै, ट्रम्प प्रशासनले सरकारसँगको आर्थिक सम्बन्ध कायम राख्न सरकारले भनेको कुरा पालना गर्नुपर्ने चेतावनी पनि दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार